विचार/ब्लग

‘महेश बस्नेत’ कम्युनिष्ट विचारधाराबाट समृद्ध समाज निर्माण गर्ने सुत्र



सामाजिक समानता नै विकासको अन्तिम लक्ष्य हो । पूँजिवादी र बुर्जुवा चरित्रको अन्त्य भइ कालान्तरमा राज्य बिहिनताको अबस्था सृजना हुन नै बास्तबमा साम्यवाद हो । बस्तुगत कार्यनिती फरक हुन सक्छ । समय अनुसार फरक परिस्थिति आउँछ तर फरक परिस्थितिलाई सहि ढङ्गले मुल्यांकन गर्दै त्यस बेलाको सामाजिक मनोवृत्तिलाई क्रान्तिको पथबाट बिचलित हुन नदिएर कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिनु नै एक सफल कम्युनिष्ट नेताको परिचय बोक्नु हो भन्ने मुल्यमान्यता राख्नु हुने महेस बस्नेत ज्युको कम्युनिष्ट आन्दोलनमा निकै लामो समय ब्यतित भैसकेको छ ।

आँखै अगाडि पन्चायती निरंकुशता साथै बहुदल पश्चात् काङ्ग्रेस र कथित कम्युनिष्ट नेमकिपाको बर्बरतालाई अत्यन्त नजिकबाट देख्नु भोग्नु भएका महेस बस्नेत पुस्पलाल श्रेष्ठ मदन भन्डारी मनमोहन अधिकारी जस्ता कम्युनिस्ट नेताहरूबाट प्रभाबित भइ कठिन अबस्थामा पनि भक्तपुरमा नेकपा एमालेको राजनिती सुरु गर्नु भयो । सामाजिक असमानतालाइ निकै नजिकबाट देख्नु र भोग्नु भएका माननिय ज्युले यो विभेद कुसंस्कार कुरिती र असमानतालाइ जराबाट नै उखेल्ने दृढता गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको लामो यात्रा तर्फ होमिनुभयो भने नेपाल कै कान्छो गाबिस अध्यक्षको रुपमा निर्वाचित समेत भएर जनताको हृदयमा छोटो समयमा नै वास बस्न सफल भइ शसक्त नेता भक्तपुरमा उदाएको जानकारी सिङ्गो नेपालले पायो ।

समाजमा रहेका सबै क्षेत्र प्रकृति र मान्यता अन्तर्गतका बिभेदलाई अन्त्य गर्न सकेमा नै उत्पादन कार्यमा सबैको समान दायित्वको बोध हुने र यसैबाट समाजमा सहकार्यको विकास हुन्छ । यसैको परिणामस्वरूप प्रत्येक क्षेत्रका उत्पादनमा सकारात्मक परिवर्तन आउँछ । यसैबाट समाजका संरचनात्मक परिवर्तन हुन सक्छ र विकास भनेको यहि हो अब मुल्यांकन गरौ, भक्तपुरबाशी हो, माननीय महेस बस्नेत ज्युले गर्नुभएको ल्याउनु भएको विकासको लहरले समाजिक संरचनात्मक परिवर्तन भएको छ कि छैन ? तपाइहरुको जिवनस्तरमा परिवर्तना आएको छ कि छैन ? एकपटक एेना अगाडि उभिएर ठन्डा दिमागले आफुले आफैलाइ प्रश्न गरौ त ।

कृषि उधोग व्यापार लगायत प्रत्येक क्षेत्रमा रहने सामुहिक स्वामित्वले सबैलाइ विकासका लागि समान सहभागी गराउन सक्छ । त्यसैको लागि समाजवाद एउटा महत्वपूर्ण कडि हो । सामुहिक सोच विकास र विचारबाट निर्देशित समाज नै समृद्धिताको मुल घातक हो भने यस्को लागि मार्क्सवादी विचार र लेनिनवादी सङ्गठनात्मक ढाँचा र जनताको समुचित परिचालन नै आर्थिक पुजि संकलनको मुख्य आधार हो भन्ने दृढता बोक्दै समाजलाई आर्थिक समृद्धिको चरम उचाईमा पुर्याउँदै कम्युनिष्ट आन्दोलनको लागि उर्वर भुमी भक्तपुर बनाउन लागि पर्नु भएका एक रातो सिपाहीलाई अन्तरहृददेखि नै हार्दिक नमन ।

सन्दिप खनाल