समाचार

माईक्रोबसमा पकेटमारी भाग्दै गरेका दुई जना पक्राउ



भक्तपुर, १८ मंसिर । भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर स्थित बस स्टपमा पकेटमारी भाग्दै गरेका दुई जना पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ

आज गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेलको पचास हजार रुपैयाँ पकेटमारी भाग्दै गरेको अवस्थामा कौशलटारबाट मोरङको डाँगीहाट स्थायी घर भई हाल काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय बिकास राजबंशी र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ खाँडिचौर बस्ने २७ वर्षीय सन्तोष लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पकेटमारी भएको रकम पचास हजार रुपैयाँ लामाको साथबाट बरामद भएको र उल्लेखित दुवैजना मिली पकेट मारेको सोधपुछको क्रममा एकिन भएको हुँदा उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि चोरी कसुर अनुसार थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।