Banner News

बालबालिकाको शिक्षामा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह



काठमाडौँ, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको शिक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन् ।

आज राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी पनि लिँदै उक्त आग्रह गरेको बताइएको छ ।

कोभिड–१९ ले सृजना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई दृष्टिगत गर्दै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न उनले आग्रह गरेकी हुन् ।