काठमाडौँ, २२ मंसिर । झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
त्यस्तै आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।










प्रतिक्रिया दिनुहोस्