काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्