काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
अहिले बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो ।










प्रतिक्रिया दिनुहोस्