अन्तर्वार्ता

टानको नकरात्मक छवीलाई सुधार्ने काममा म निरन्तर लागिरहेको छु



 

चन्द्र रिजाल –अध्यक्ष ,टान

टानका वारेमा केही केही वताइदिनुहोस् न ?

टे«किङ एजेन्सी एसोशियसन अफ टान ०३५ सालमा स्थापना भएको हो । यो पदयात्रा व्यवसायीहरुको साझा संगठन हो । त्यतिवेला ७ जना पदयात्रा व्यवसायीहरुबाट यो शूरु भएको हो । अहिले आएर यस व्यवसायसंग आवद्ध करिब २८ सय व्यवसायीहरु यो संस्थासंग आवद्ध छन् । नेपालको पर्यटन क्षेत्रमा नै यो सबैभन्दा ठूलो संस्था हो ।

के कारण पर्यटकहरु नेपालमा पदयात्रा गर्न आउँछन ? पदयात्रालाई आकर्षण गर्न त्यस्तो के छन यहाँ ?
विदेशबाट नेपाल आउँने धेरै जसो पर्यटकहरु पदयात्राका लागि नै आउँने गर्दछन । नेपाल आउने ७० प्रतिशत पर्यटकहरु पदयात्रा गर्ने योजनाका साथ नै आएका हुन्छन् । यो संस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नचिन्ने संघ –संस्थाहरु कम छन् । नेपालको महत्वपूर्ण प्रडक्ट भनेकै पदयात्रा व्यवसाय हो । हाम्रो देशमा भएका उच्च हिमालहरु, विश्वकै अग्लो सगरमाथा, त्यति मात्रै होइन, विश्वका ८ वटा उच्च हिमाल पनि हाम्रो देशमा नै छ । त्यति मात्रै होइन, हाम्रो देशको विभिन्त्र ठाउँहरुबाट हाईकिङ गर्ने ठाउँहरु प्नि छ । नेपाल वास्तवमा नै हिमाल नै हिमालको देश भनेर चिनिन्छ । हिमाल क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यका साथ पर्यटकहरु नेपालमा आउने गर्दछन् ।

टानको प्रर्वद्धनका लागि के –के त्यस्तो काम गर्नु भयो त ?

मैले अघि भने झै यो ठूलो र क्रियाशील संस्था हुँदा –हुँदै पनि,विगतको कार्य समितिले गलतढ्रगले काम गरेका कारण म छिर्दा यो संस्था अस्तव्यस्त थियो । संस्थानै समाप्तीको वाटोतर्फ गैराखेको थियो । त्यस्तो अवस्थामा यो संस्थालाई मैले पाएको थिए । म आएपछि पहिले संस्थाको सचिवालय व्यवस्थित पार्ने काममा लागे । संस्थाभित्रका गलत कुरा र प्रवृतिलाई निरुउत्साहित पार्ने काममा लागे । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको बन्दै गएको नकरात्मक छवीलाई सुर्धाने काममा निरन्तर लागि रहे । यो १७ महिनाको बीचमा यो नै सबैभन्दा ठूलो संस्था हो भन्ने कुराबाट मात्रै होइन, व्यवहारबाट समेत उठाए । हिजो संस्थाका तर्फबाट भएका गल्ती र कमजोरीलाई करेक्सन गर्दै आइरहेको छु । संस्थामा हिजो देखिएका गल्ती सुर्धारदै आएका कारण आज हाम्रो यो संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित हुँदै आएको छ । आउँदा दिनमा यसको परिणाम देखिने छ । अर्थात आज हामीले गरेको राम्रो कामको परिणाम भोलीका दिनमा देखिने छ । तत्काल त्यस्तो यसको परिणाम भने देखिदैन् । म अहिले पनि यो झण्डै मृत अवस्थामा पुगेको संस्थालाई बचाएर हिडाउने काममा नै म लागिरहेको छु ।

त्यस्तो के गर्नु भयो र तपाईले भने जस्तै मृत अवस्थमा पुगेको संस्थालाई बचाएर हिडाउँन ?
यो संस्था मृत अवस्थामा यो मानेमा थियो । संस्था रिनो पनि गरिएको रहेनछ । तपाईलाई थाह छ, नियमित प्रक्रियाभित्र बसेर संस्थालाई रिनो गर्न काम भएन भने संस्था नै समाप्त हुनेछ । अर्को पर्यटन क्षेत्र भित्र मात्रे होइन, आम जनमानसमा पनि संस्थाको छवी भ्रष्ट्र संस्थाको रुपमा चिनिएको थियो । यहाँको स्रोत साधनहरु संस्थाका मान्छेहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न प्रयोग गर्छन भन्ने व्यवसायीहरुमा पर्दै गएको थियो । वास्तवमा त्यस्तो पर्नु भनेको त्यो संस्थाको औचित्य समाप्त हुनु हो । म त्यहाँ गएपछि कडा रुपमा नै आर्थिक पारदर्शीका कुरालाई व्यवस्थि त गर्नमा जोड दिए । त्यति मात्रै होइन, हामीबाट पनि भएका कमीकमजोरीलाई उर्जागर गर्ने र त्यसलाई सच्चाएर अघि बढ्ने काम ग¥यौ । र, राम्रा कामहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै ठाउँमा लैजाने र त्यसको प्रचार गर्ने काममा जोड दियौ । त्यसले गर्दा पनि हाम्रो संस्थाको उपादियता र यसले राज्यलाई गर्ने सहयोगका बारेमा सबैले बुझ्ने वातावरणको निर्माण ग¥यो । संसथाको काममा विहानदेखि बुलेकीसम्म निरन्तर जुट्दै आएका कारण हामीले यसबीचमा संस्थालाई माथि उठाएका छौ । जसले गर्दा यसबीचमा संस्थाको हाइट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रोसंग उठेको छ ।

पदयात्रालाई प्रवर्धन गर्न सरकारीतर्फबाट के कस्ता सहयोगहरु ह्ुँदै आएका छ नी ?

सरकारीतर्फबाट गर्नु पर्ने धेरै कामहरु छन् । विगतमा यसको छवी नै नकरात्मक बनाएका कारण सरकारीतर्फबाट हुनु पर्ने अर्थात गर्नु पर्ने प्राय सबै कामहरु छुटेका छन् । हामीले सिरियस मुद्दालाई उठाउने काम पनि गर्दै आएका छौ । जस्तो पुराना ऐन नियमहरु संम्शोधन गर्ने, त्यस्ता कानूनहरुलाई समयसापेक्षीय बनाउने कामहरु गर्नु पर्नेछ । संस्थाको ३७ वर्षको यात्रामा म नै त्यस्तो व्यक्ति हुँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय भ्रमणमा गए । टानलाई व्यवसायीक ढंगबाट यस अघि लैजाने काम भएकै थिएन् । चीन जस्तो आर्थिक हिसाबले विश्वको प्रथम राष्ट्रको रुपमा दौडिएको देशमा म व्यवसायीक संस्थाको अध्यक्षको हैसियतमा गए । र, त्यहाँ संस्थालाई चिनाउने काममा महत्वपूर्ण भूमिका खेले ।

प्दयात्राको लागि कस्तो खालको अवस्था आवश्यक पर्छ ?

मूख्य समस्या भनेकै बनाएका ऐन नियमलाई समयसापेक्ष ढंगले कार्यान्वयन नगर्दा समस्या बल्झिएको हो । समयसापेक्ष नियम कानून बनाउने र व्यवसायीक मेत्री काम हुनुपर्छ , यो जति हुनु पर्ने हो , त्यति भैराखेको छैन् । पदयात्रा भनेकै शान्तिपूणृ क्षेत्र हो । विभिन्त्र मुलुकबाट आउने भएकाले बन्द, हडताल जस्ता वातावरण पूर्णरुपमा नै निरुसाहित गर्नु पर्छ । उनीहरुलाई शान्तिपूर्ण रुपमा हिडडुल गर्ने, पूर्ण सुरक्षाको अनुभूति हुने वातावरण निर्माण गर्नुपर्छ । जहाँको यात्रामा भए पनि आवश्यक पर्दा असहज अवस्था उत्पन्न हुँर्दा सजिलैसंग सुरक्षित अवतरण गर्ने सक्ने अवस्था उत्पन्न गर्ने तर्फ राज्यले पनि विशेष ध्याँन दिनुपर्छ । सजिलैसंग गाडीको र एयरलाइन्सको सुविधा पदयात्रा गर्ने ठाउँमा राज्यले विशेष चासोका साथ काम गर्नु पर्ने अवस्था छ ।