काठमाडौँ, २६ मंसिर । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । यस्तै प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्