चितवन, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । उनका अनुसार सो बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएका थिए । रासस










प्रतिक्रिया दिनुहोस्