काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।
शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिनुभएको हो । फोनमा प्रधानमन्त्री ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उहाँलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
अक्सिजन लेभल कम भएकाले उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुग्नुभएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।










प्रतिक्रिया दिनुहोस्