काठमाडौँ, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि उहाँ विवादमा तानिनु भएको हो ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने कोशीश गर्नुभएको देखिन्छ ।
यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गर्नुभएको थियो । बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गर्नुभएको स्पष्ट सुन्न सकिन्छ ।
श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभएको बेला लामालाई उहाँकै प्रस्तावमा दक्षिण कोरियाका राजदूत बनाएर पठाइएको थियो, त्यसवापत लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिनु भएको थियो ।
श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको र लामालाई नै व्यवाहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ । ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे । मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्,’ र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भन्नुभएको छ ।
लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । निधन हुनुभन्दा ६ दिन अगाडी लामाले आफ्नो पीडा सामाजिक सञ्जालमा राख्नु भएको थियो । लामाले लेख्नुभएको थियो, ‘हाम्रा माहान पार्टीका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’ लामाले श्रेष्ठको नाम किटन नगरि लेख्नुभएपनि उहाँले श्रेष्ठप्रति नै संकेत गर्नुभएको थियो ।
यसले पनि लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन भन्ने पुष्टि गर्छ । प्रवत्ता श्रेष्ठ र इन्द्रमाया नेपालका विभिन्न ठाउँहरु तथाा युरोपसम्म घुम्न जानुभएको तथ्यहरु समेत सार्वजनिक भएका छन् । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेख्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्