काठमाडौँ, २७ मंसिर । देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विभिन्न वायुका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
यस्तै, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का र बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक९दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
आज राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ । भने, हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्