राजनीति

कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै



काठमाडौँ, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी आज विरोध प्रदर्शन गर्दैछ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील समेत गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा म प्रयोग गर्न रगराउन आग्रह गरेका छन् । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

कांग्रेसले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ ।