Banner News

स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्छ : मन्त्री थापा



चितवन, २९ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास लिएको बताए ।

पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने उनले बताए । राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले यो उनीहरुको मृगतृष्णा मात्रै भएको बताउदै उनले भने, सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन, नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन ।’