समाचार

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी



रुपन्देही, २९ मंसिर । सोह्र वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीको मायादेवीका २० वर्षिय सलमान आवेद अली मोहमदलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मोहमदलाई शनिबार राति साढे आठ बजेतिर स्थानीय किसानको खेतमा रहेको धानको परालमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले शनिवार राति जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले उजुरी दिएपछि मोहमदलाई पक्राउ गरिएको जानकारी दिए ।

उजुरीपछि किशोरीको उद्धार तथा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मामा छोडिएको प्रहरीले जनाएको छ ।