विश्व

जर्मनीमा अत्यावश्यक सेवा बाहेक सबै बन्द



काठमाडौँ, २९ मंसिर । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारिन् । त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।