Banner News

थप ८२१ जनामा कोरोना संक्रमण, ८ सय ४२ जना डिस्चार्ज



काठमाडौँ, २९ मंसिर । थप ८ सय २१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ८ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय १६ जना पुगेको छ ।