राजनीति

सकियो मन्त्रिपरिषद्को बैठक



काठमाडौँ, ३० मंसिर । बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएमा मन्त्रिपरिषद्को आजको बैठक समसामयिक विषयमा मात्र छलफल भएर भर्खरै सकिएको छ  ।

आजको बैठकमा उल्लेख्य एजेन्डा नभइ मन्त्रालयगत नियमित विषय मात्रै रहेको स्रोतले जनाएको छ ।

मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।  मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको थियो ।