राजनीति

नेकपा स्थायी समितिको बैठक बस्दै



काठमाडौँ, १ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ ।

बालुवाटारमा दिउँसो १ बजे स्थायी समिति बैठक बस्ने जनाइएको छ । २८ गतेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले १ गतेको बैठक बालुवाटारमै बस्ने बताएका थिए ।

आज बस्ने बैठकमा पार्टीको आन्तरिक समस्या (अध्यक्षद्वयको प्रस्तावलगायत स्थायी कमिटी बैठकमा पेस भएका दस्तावेजहरू) माथि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।