समाचार

आजको मौसम



काठमाडौँ, २ पौष । काठमाडौँसहित हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । त्यस्तै आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो  आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।