काठमाडौँ, ४ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु नसकेको स्वीकार गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत उक्त प्रक्रिया सुरू गर्न गरिएका प्रयास असफल भएको बताउनुभएको हो । कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत सांसद् नभएकाले अन्य दलसँग परामर्श गर्नुपरेको र त्यो गर्दा ‘सार्थकता’ पाउन नसकेको उहाँले बताउनुभएको छ । उहाँले अब संसदको नियमित अधिवेशन बोलाउन समेत माग गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा सभापति देउवाले लेख्नुभएको छ, ‘संसद् अधिवेशन बोलाउन मैले पटकपटक पहल गरेको थिएँ । कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो । ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं । अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्