काठमाडौँ, ४ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पक्ष र विपक्षबीच भइरहेको आलोचना र विरोधले पछि आफुलाई नै गिज्याउने अवस्था सिर्जना नगर्न सुझाव दिनुभएको छ ।
पार्टी भित्र गुट र उपगुटका नाममा एकले अर्कालाई खुइल्याउने गरी अभिव्यक्ति तथा व्यवहारहरु एक पछि अर्को गर्दै प्रस्तुत भइरहेको प्रति लक्षीत गर्दै उहाँले समय र परिस्थिती बदलिएपछि आफुले गरेको विरोध र आलोचनाले आफैलाई नगिज्याउने गरी गर्न आग्रह गर्नुभएको छ ।
नेकपाको स्थायी कमिटी सदस्य समेत रहनुभएको मुख्यमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘नेता कमरेडहरुलाई मेरो विनम्र अनुरोध यो छ कि आलोचना र विरोध गर्दा यति ख्याल गर्नोस कि परिस्थिति वदलिएपछि त्यसले तपाईलाई नगिज्याओस् ।’










प्रतिक्रिया दिनुहोस्