राजनीति

काँग्रेस पदाधिकारीहरुको आकस्मिक बैठक बस्दै



काठमाडौँ, ५ पौष । नेपाली काँग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

अहिले दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरुको बैठक बस्ने  सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।