Banner News

थप ५८८ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५३ हजार नाघ्यो



काठमाडौँ, ५ पौष । थप ५ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ९७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ८८ जना पुगेको छ ।