समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



ललितपुर, ६ पौष । ललितपुरको कुपण्डोलमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गएराति सडकमा बसीरहेका एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको परिचय खुलेको छैन ।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।