राजनीति

गुमेको नेपाली भू-भाग समेटेर नक्सा जारी गरेकाले नै प्रमको राजिनामा मागियोः नेता पाल



काठमाडौँ, ६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधावशाली नेतृ निरुदेवी पालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गुमेको नेपाली भू–भागसहितको नयाँ राजनीतिक तथा प्रशासनीक नक्सा जारी गर्नु नै वर्तमान समयमा अध्यक्ष तथा प्रधानमन्त्रीबाट ओलीको राजिनामा मागिएको बताउनुभएको छ ।

संसद विघटन भएपछि प्रधानमन्त्री अ‍ोलीले वालुवाटारमा आज आयोजित छलफलफ पछि संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ पालले नेपालको गुमेको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको नक्शा जारी तथा संविधान संशोधन गर्नु नै प्रधानमन्त्री ओलीको राजिनामा माग्नुको मूख्य कारण भएको स्पष्ट पार्नुभयो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीको स्वार्थ तथा विदेशीको इसारमा सरकारलाई अनावश्यक आक्षेपहरु लगाई मुलुकलाई अराजकता तथा विदेशीको नियन्त्रणमा राख्ने घुणित प्रयास भएका कारण प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई जोगाउन संसद विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो । प्रचण्ड गुटले बाध्यता बनाएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको स्पष्ट पार्दै उहाँले अबको बाटो भनेको जनताबाट प्राप्त जनादेशको लागि निर्वाचन निर्विकल्प भएको उल्लेख गर्नुभयो ।

संसद विघटन फिर्ता नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘संसद विघटन फिर्ता हुँदैन । सम्मानित अदालतले पनि आफ्नो काम गर्छ तर सरकार तथा राष्ट्रपतिबाट विघटन भइसकेकाले अब पछाडि फर्कने सम्भावना छैन । ताजा जनादेश नै अबको विकल्प हो ।’

प्रचण्डले प्रधानमन्त्री तथा सरकारलाई काम गरिनस् पनि भन्ने अनि गर्न पनि नदिने गरेको आक्रोस व्यक्त गर्दै उहाँले हलो अड्काएर गोरु चुट्ने ? भनि प्रश्न समेत गर्नुभयो ।

कारवाही भन्ने आधारहिन तथा गुटको कुरा भएको उल्लेख गर्दै पार्टीको आधिकारीक निर्णय हुन नसक्ने ठोकुवा गर्नुभयो । पार्टी एकताको सवालमा अध्यक्षद्वयको सल्लाह तथा हस्ताक्षरितमा महासचिवले बोलाएको बैठकमात्र आधिकारीक हुने उल्लेख गर्दै उहाँले पहिलो अध्यक्ष केपी ओली नै भएकाले ओलीको मञ्जुरीमा बोलाइएको बैठकमा मात्र सहभागि हुने स्पष्ट धारणा व्यक्त गर्नुभयो । ओलीको नामबाट नै २०७४ सालमा नेकपाले करिव दुई तिहाई नजिक जनादेश पाएकोसमेत उहाँले स्मरण गर्नुभयो ।