राजनीति

प्रचण्ड-माधवद्वारा करिव एक दर्जन सांसदको किर्ते हस्ताक्षर गरेको तथ्य सार्वजनिक



काठमाडौँ, ६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादले पार्टी एकता भंग हुने अवस्था भइरहेको समयमा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले किर्ते हस्ताक्षर गरेको कुरा सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कारवाही गर्न गरिएको आफ्नो पक्षका सांसदहरुको अस्ताक्षरमा किर्ते गरेको तथ्य सार्वजनिक भएको हो । बहुमत संख्या देखाउन प्रचण्ड–माधवले छक्कबहादुर लामा (हुम्ला) र यज्ञ बोगटी अछाम दुई जनाको अविश्वासको प्रस्तावमा हस्ताक्षर दुरूपयोग गरेको पाइएको छ । यो सँगै विभाजनकारी नीति लिएका प्रचण्ड–माधवले कतिको हस्ताक्षर दुरुपयोग गरे भन्ने एक पछि अर्को गर्दै तथ्यहरु सार्वजनिक हुने क्रममा रहेका छन् । ९ जनाको हस्ताक्षर कीर्ते गरिएको निकट स्रोतले बताएको छ । नाम भने उल्लेख नगर्ने उक्त स्रोतले बतायो ।

यसरी किर्ते हस्ताक्षर गरी अभियोगपत्र दर्ता गर्ने प्रचण्ड–माधवलाई नेपालको कानुन अनुसार किर्ते गरेको अभियोगमा कारवाही हुन्छ कि हुँदैन ? यो आम नेपाली जनताको चासोको विषय समेत बनेको छ । किर्ते हस्ताक्षर गरी प्रतिनिधिसभाको सचिवालयमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको थियो । त्यस्तै उक्त गुटले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाअभियोग लगाई असफल नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने खेल खेलेको तथ्य समेत सार्वजनिक भएको छ ।