समाचार

कोरोना संक्रमित एक पुरुषको मृत्यु



काठमाडौँ, ७ पौष । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।