काठमाडौँ, ८ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ ।
मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराउनुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राख्नुभएको थियो । नेताहरुले चौतर्फी घेराबन्दी हुँदा प्रधानमन्त्री ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्