राजनीति

बेलायतबाट आएका सबैलाई १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह



काठमाडौँ, ८ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

बेलायता हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालये पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।