राजनीति

महेश बस्नेतको उपस्थितिमा सिन्धुलीका युवाले जिम्मा लगाए पार्टी कार्यालय ओली नेतृत्वको नेकपालाई



सिन्धुली, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली युवा नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको उपस्थितीमा सिन्धुलीका युवा तथा विद्यार्थीले पार्टी कार्यालय प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपालाई जिम्मा लगाएका छन् ।

पार्टीभित्र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्व गरेको गुटको समूहलाई पार्टीको कार्यालय प्रयोग गर्न नदिने भन्द युवा विद्यार्थीले ओली नेतृतवको नेकपालाई जिम्मा लगाएका छन् । माडी २ नं बजारमा रहेको जिल्ला पार्टी कार्यालय अगाडि जम्मा भएका ७ सय भन्दा बडी युवाहरुले कार्यालयमा ताला लगाएर साँचो ओली पक्षधर पूर्वजिल्ला सचिव महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

राजन दाहाल जिल्ला अध्यक्ष रहेको र बिगतमा माओबादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षले कब्जा जमाउनु भनेको आफैमा महत्त्वपूर्ण घटनाको रुपमा हेरिएको छ । सो बिषयमा हाम्रो जिज्ञासा राख्दा बाग्मती प्रदेश सदस्य कौशल कोइरालाले यो कार्यालय केपी ओलीले सिल्यान्यास गरेर पूर्वएमालेले ११ वर्ष अगाडि बनाएको कारण पनि कार्यालयमा हाम्रो हक लाग्ने नै छ । युवाहरुले सोही आधारमा आफ्नो उपस्तिथि जनाएका हुन् ।