समाचार

आजको मौसम



काठमाडौँ, १४ पौष । देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ ।

त्यस्तै आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति  सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो ।