Banner News

माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताः प्रधानमन्त्री ओली



काठमाडौँ, १५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौँमा सुदुरपश्चिमका नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपालले द्वितिय अध्यक्ष नै हाताहाती कारोवार मागेको बताउनुभयो । कुर्सीको लागि आफु जुन सुकै कार्य गर्न समेत पछि नपर्ने आफ्नो विगतदेखीकै इतिहास रहेको उल्लेख गर्दै उहाँले माधव दुःखी मनुवा भएको बताउनुभयो ।

आगामी निर्वाचन हुँदैन भन्नु जनताबाट भाग्नु मात्र भएको उल्लेख गर्दै प्रचण्ड–माधव गुटले पनि केही सिट ल्याउनलाई आग्रह गर्नुभयो । जनता सचेत रहेको उल्लेख गर्दै लोकतन्त्रलाई कसैले खोख्ने सपना नदेख्न चेतावनी दिनुभयो । प्रचण्ड–माधवले आफुलाई आफुले नै बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नुभयो । प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउँदै आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको बताउनुभयो । राजनीतिमा प्रचण्ड राष्ट्र तथा जनताप्रति गैर जिम्मेवारी रहेको प्रचण्डको व्यवहारबाट नै स्पष्ट रहेको उल्लेख गर्दै आफुभन्दा करिव १० वर्ष पछि पार्टीको सदस्यता लिएकाले आफुलाई कारवाही गरि निकालेको भन्नु हास्यास्पद भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाए । तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा । साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’