समाचार

आजको मौसम



काठमाडौँ, १९ पौष । देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,  कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा  आंशिकदेखि सामान्य बदली भइरहेको र प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका  पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी  प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।