काठमाडौँ, २३ पौष । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
आजको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता गौतमले आफू पहिलो पटक बैठकमा उपस्थित भएकाले यहाँको प्रक्रियामा पनि अलमलिएको बताए । ‘आज म खुसी हुनु पर्ने हो तर छैन,’ उनले भने ।
गौतमले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए । गणतन्त्र पूरा भए पनि सबै कम्युनिष्ट एक भइनसकेको उनको भनाइ छ । एमाले र माओवादी मिल्दा कम्युनिष्ट एक भएको भन्दै आफू खुसी भएको पनि उनले बताएका छन् ।
उनले आफ्नो घरमा बा-आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए ।
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’










प्रतिक्रिया दिनुहोस्