विश्व

राष्ट्रपति रहुन्जेल ट्रम्पले फेसबुकमा लेख्न नपाउने



एजेन्सी, २४ पौष । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने बताएका छन् ।

जुकरबर्गले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिलाई बाँकी समय पनि हाम्रो सेवा दिइरहनु निकै चुनौतीपूर्ण छ भन्ने लाग्छ,’ ‘त्यही भएर  शान्तिपूर्ण रूपमा  सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ ।’