काठमाडौँ, २५ पौष । नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ ।
निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार निगममा आधुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनीयरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्