Banner News

प्रम ओलीको समर्थनमा धोती जुलुस: आज होइन भोलिलाई, १० वर्ष ओलीलाई



काठमाडौँ, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा धोती जुलुस निकालिएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंको वानेश्वरदेखि कमलादीसम्म र्याली निकालेको हो ।  र्‍यालीका सहभागीहरूले ‘धोती, कुर्ता, गम्छा मधेसीके सानबा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।

उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।

उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो ।