काठमाडौँ, २५ पौष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् ।
काठमाडौँमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !’ “यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।”
प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’
‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ? ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘










प्रतिक्रिया दिनुहोस्