समाचार

मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु



झापा, २६ पौष । मोटरसाइकल दुर्घटना हुँदा झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार बेलुकी आफैंले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छविरमण ढकालको मृत्यु भएको हो ।

झापा दमकबाट पूर्वतर्फ आउँदै गरेका ३७ वर्षिय ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।