काठमाडौँ, २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधव नेपाल समुहले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।
आज निर्वाचन आयोगको कार्यालयमा पुगी असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका हुन् ।
देशभरी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आक्रमक संगठन विस्तार र कार्यक्रममा स्थानीयले साथ दिएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुह निर्वाचनको मैदान छाड्ने मुडमा पुगेको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा ‘हामी यहाँ छौं’ भनेर सडकमा धर्ना बसेर सर्वोच्चलाई धम्काईरहनु रहेको सो समुहले अब भने निर्वाचन आयोगलाई धम्क्याउने थालेको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो










प्रतिक्रिया दिनुहोस्