Banner News

सीमा नाका चाँडै खुल्छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ, २७ पौष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सीमा नाका चाँडै खुल्ने बताएका छन् ।

सोमबार बारा जिल्ला कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दाहरूले निकै सास्ती खेप्नुपरेको आफूलाई अवगत नै रहेको र कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर यसबारे चाँडै निर्णय लिने बताए ।

उनले भने, “अब म काठमाडौं गएपछि सीसीएमसीको बैठक राखेर सीमा नाका खोल्ने विषयमा निर्णय लिनेछ ।” चैत ११ गते लकडाउन सुरु भएयता अन्तर्राष्ट्रिय सीमा नाका खुलेको छैन ।