शैक्षिक

असल जनप्रतिनिधि छान्न नेता गच्छदारको आग्रह



इटहरी, १ वैशाख । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारबाट झुम्का एफएम तथा सिरुवा साप्ताहिक पत्रिकाको सञ्चालन एवम् प्रकाशन आजदेखि शुभारम्भ गरिएको छ ।

झुम्का मिडिया प्राइभेट लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको झुम्का एफएम र सिरुवा साप्ताहिक पत्रिकाको सञ्चालन एवम् प्रकाशनको शुभारम्भ गर्नुहुँदै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारले नेपालले धेरै लामो समयदेखि स्थानीय तह जनप्रतिनिधि विहिन रहेको अवस्थामा अहिलेको चुनावलाई सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपालको राजनीतिक परिवर्तनसँगै स्थानीय निकायको शासकीय अवस्थामा पनि ब्यापक परिवर्तन भइसकेको अवस्थामा राजनीतिक नेतृत्वले पनि फड्को मार्ने अवस्था आएकाले त्यसतर्फ सबैले गम्भीर भएर स्थानीय तहको नेतृत्वमा असल र समाजप्रति जिम्मेवार नेतृत्व निर्वाचित गर्नुपर्छ नेता गच्छदारले भन्नुभयो । रासस