मनोरञ्जन

भोमन कटुवालको निर्देशनमा चलचित्र ‘झमक बहादुर’ बन्दै



काठमाडौं, २ वैशाख । नेपालीपन झल्कने चलचित्र ‘झमक बहादुर’को बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले चलचित्र निर्माणको घोषणा गरेको हो ।

नेपाली समाजमा देखिएको धनी र गरिबबीचको द्धन्द्धलाई चलचित्रमा देखाउन खोजिएको छ । यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको चलचित्र ‘झमक बहादुरको निर्देशन भोमन कटुवालले गर्दैछन् ।

चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा (सरापे), सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहनेछ ।

काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन् । तारादेवी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन् ।