बैंक

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ६० करोड प्रतिबद्धता



काठमाडौँ, ११ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म दुई अर्ब ६० करोड रुपैयाँ बराबरको प्रतिबद्धता व्यक्त भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् ।