मोरङ, ७ माघ । मोरङमा जंगली हात्तीले आक्रामण गर्दा एक महिलाको मृत्यु भएको छ ।
सुन्दरहरैंचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा जंगलमा घाँस-दाउरा गर्न गएकी स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।
आक्रमणबाट घाइते उनको उपचारको क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्