Banner News

थप ३१८ जनामा कोरोना संक्रमण, ३ सय ८३ जना डिस्चार्ज



काठमाडौँ, ७ माघ । थप ३ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ७५ जना पुगेको छ ।