सम्पादकीय

माओवादी केन्द्रले बैशाख ९ गते भित्र उम्मेद्वारको टुंगो लगाउने



काठमाडौं, २ वैशाख । नेकपा माओवादी केन्द्रले यही ९ गते सम्ममा पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाईसक्ने निर्णय गरेको छ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सो पार्टीको हेडक्वार्टर बैठकले ९ गतेभित्र उम्मेदवारको टुङ्गो लगाई घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले बैशाख ९ गते दिउँसो १ बजे देशका सबै महानगरपालिकारनगरपालिका र गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको माओवादीले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ–नगरमा सिंहदरबार’ तय गरेको छ ।  यस्तै बैठकले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरि स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो । माओवादी केन्द्रको बैठकले मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह पनि गरेको छ । कान्तिपुरमा समाचार छ ।