बर्दिया, ९ माघ । बर्दियामा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्