Banner News

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीको पुल उद्घाटन



दाङ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राप्ती नदीको पुल उद्घाटन गरेका छन ।

दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको प्रधानमन्त्री  ओलीले उद्घाटन गरेका हुन ।

गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुलको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । पुल उद्घाटनपछि राप्ति गाउँपालिका–२ लालबटियामा आयोजना हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।